गत आर्थिक वर्षमा १ लाख १३ हजार जनाले बीमा पोलिसी सरेण्डर, बीमा कम्पनीहरूबाट १४ अर्ब ५० करोड रुपैयाँ बाहिरियो

**समाचार:**

सरोज महर्जन

काठमाडौं । आर्थिक मन्दी र विविध कारणले गर्दा गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन्। यसका कारण बीमा कम्पनीहरूबाट १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बाहिरिएको छ।

 

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा ९.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष १ लाख ४ हजार ५०६ जनाले बीमा पोलिसी सरेण्डर गरेका थिए। 

 

सरेण्डर रकम पनि १.५८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ सरेण्डर भएकोमा यो वर्ष १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बाहिरिएको छ।

 

सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर गर्ने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) रहेको छ, जहाँ ३० हजार ३०९ जनाले पोलिसी सरेण्डर गरेका छन्। सरेण्डर रकमको हिसाबले नेपाल लाइफ अग्रस्थानमा छ, जहाँ २८ हजार ६२७ जनाले पोलिसी सरेण्डर गर्दा ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बाहिरिएको छ।

 

राष्ट्रिय जीवन बीमा कम्पनीबाट १३ हजार ९४१ जनाले पोलिसी सरेण्डर गर्दा १ अर्ब १० करोड ४८ लाख रुपैयाँ बाहिरिएको छ भने हिमालयन लाइफबाट ७ हजार ८१० जनाले सरेण्डर गर्दा १ अर्ब २ करोड ९५ लाख रुपैयाँ बाहिरिएको छ। नेशनल लाइफबाट ७ हजार ५ सय जनाले सरेण्डर गर्दा १ अर्ब १ करोड ८० लाख रुपैयाँ बाहिरिएको छ।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House