”अन्तराष्टिय´नारी दिवस किन मनाईन्छ!!

लैङ्गिक समान संसारको कल्पना गर्नुहोस्। पूर्वाग्रह, स्टिरियोटाइप र भेदभाव मुक्त संसार। विविध, समानता र समावेशी संसार। एक संसार जहाँ भिन्नता मूल्यवान र मनाइन्छ। सँगै हामी महिला समानता स्थापना गर्न सक्छौं। सामूहिक रूपमा हामी सबै  गर्न सक्छौं। महिला उपलब्धि मनाउनुहोस्। भेदभावको बारेमा चेतना जगाउनुहोस्। लैङ्गिक समानताका लागि कदम चाल्नुहोस्।

सन् १९०८ मा सुरु भएको थियो । जब १५ हजार भन्दा बढी महिला न्युयोर्क शहरमा जुलुस निकाले आफ्ना काम गर्ने घण्टा कम गर्न माग गर्दै सडकमा ओर्लिएका थिए । उनीहरुले राम्रो पारिश्रमिक दिन र मतदानमा आफ्नो अधिकारको माग गरेका थिए । यस आन्दोलनको एक बर्षपछि अमेरिकाको सोशलिष्ट पार्टीले महिला दिवसको घोषणा गर्यो । अब यो दिनलाई अन्तर्राष्ट्रिय महिला दिवस बनाउने सिलसिलेवार घटनाहरु भएको पाइन्छ । सन् १९१० मा कोपनहेगनमा क्लारा जेटकिनले एक महिला अन्तर्राष्ट्रिय कन्फेरेन्सका क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिइन् । सो कन्फेरेन्समा १७ देशका सय महिला उपस्थित रहेका थिए । सबैले यो सुझावको समर्थन गरेका थिए । यसको महिलो बर्ष १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो । तर ८ मार्च नै किन रोजियो भन्ने प्रसंग अझ रोचक रहेको छ । क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै मिति तोकेकी थिइनन् । सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले ‘ब्रेड एण्ड पिस’ अर्थात खाना र शान्तिको माग गरेका थिए ।महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नु परेको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यति बेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुले आन्दोलन शुरुगरेको दिन फेब्रुअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डर अनुसार सो दिन मार्च ८ थियो । यसरी सोहि दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो!!

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House