शेयर बजार र सरकारी नीति:

शेयर बजारमा दीर्घकालीन सगै अल्पकालिन लगानिकाे आधार अर्थ तन्त्रकाे बित्तिय बिबरण मात्र नभई सरकारले ल्याऊने बित्तिय नीति हाे ,

जहाँ राजनितिक अस्थिरता संगै नेपाल राष्ट्र बैङ काे कर्जा मा कडा नितिले पनि धेरै प्रभाब पारेकाे हुन्छ,

अर्को तर्फ नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा गरिने लगानिमा लिएकाे कडा नीतिका कारण २०७७/७८ घर जग्गाकाे काराेवार घट्दै जाँदा जाेखिम बड्याे ।

फलस्वरूप शेयर बजार पनि खस्कन गयाे ,यस्तै सरकारले लिने आयात-निर्यात नीति,कर नीति र ब्याजदर सम्बन्धि नीतिले पनि लगानि तथा सर्वसाधारणले गर्ने खर्च प्रत्यक्ष रुपमा प्रभावित हुन्छ।यी नीति सरकारकाे वित्तिय र माैद्रिक नीतिमा भर पर्छन् ।सरकारकाे वित्तीय नीतिमा अर्थतन्त्रकाे गति निर्भर रहन्छ।याे नीति निर्माण तथा कार्यान्यन गर्न कठिन भए पछि यसकाे प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्न जान्छ।त्यसैले सरकारी बजेट समयमा नआउँदा वा संसद् बाट समयमा बजेट पारित नहुँदा बिकाश निर्माण प्रभावित हुने र अर्थतन्त्रकाे वृद्वि मन्द हुने गर्छ ।वित्तिय नीति प्रभावकारी भए संगै खर्च बढ्ने गर्छ ।खर्च संग वस्तु तथा सेवाकाे माग बढ्न गई ओैधाेगिक उत्पादन बढ्ने ,राेजगारी वृद्वि हुने नाफा बढ्ने गर्छ । खर्च बढाऊन र अर्थतन्त्रलाई गति दिन सरकारले घाटा बजेटमा जाेडदिईरहेकाे हुन्छ ।दिर्घकालिन लगानी गर्ने लगानि कर्ता ले सरकारकाे वित्तिय नीति ,

त्यसकाे कार्यन्वयन पक्ष र प्रभावकारितालाई नजिकबाट नियाल्न आवश्यक हुन्छ।यसै गरि सरकारी नीतिकाे अर्को पक्ष माैद्रिक नीति हाे।याे नीति सरकारले प्रस्तुत गर्न भन्दा पनि देशकाे केन्द्रीय बैंकले जारी गर्ने गर्छ ।

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House