नेपाल को बैंकले पनि४००% को लाभांश घोषणा गरेको भए के गर्थे होला पुर्व बैंकर्स :पर्शुराम कुँवर

आईसीआईसीआई बैङ्क भारतको सेयर अंकित मूल्य भारु २ भयको बैकले लाभांश भारु ८ प्रति शेयर अर्थात ४००% को लाभांस दिने घोषणा गरेको छ

आईसीआईसीआई बैक भारतको तेस्रो ठूलो बैक हो। यो बैकको निक्षेप (नेरु १८८९३ अर्व) नेपालका सम्पूर्ण बैक तथा वित्तीय संस्थाहरुको निक्षेपको साढे ३ गुणा छ। यो बैकको आव २०२२/२३ को वित्तीय विवरण हेर्दै थियँ, मेरो आँखा बैकको कर्जा पोर्टफ़ोलियोमा गयो। बैकको कुल कर्जाको ५३.९% Retail Loans (=Mortgage loans+Vehicle Loans+Personal Loans+Credit Cards+ Credit Cards etc) रहेछ। बैकको कर्जा आव २०२२/२३ मा १८.७% ले वृध्दि भएकोमा रिटेल कर्जा पोर्टफोलियो २२.७% ले वृध्दि भएको रहेछ।

नेपालका बैक तथा वित्तीय संस्थाहरुको रिटेल कर्जा (=Residential Personal Home Loan+Real Estate Loan+Margin Loan+Hire Purchase Loan+Credit Card+Educational Loan) कुल कर्जाको १७.४५% (फागुन २०७९) रहेछ। नेपालका बैकहरुले पनि आफ्नो कुल कर्जाको ५३.९% रिटेल कर्जा दियको भय बैकहरुले अनुत्पादक क्षेत्रमा कर्जा दिय भनेर चारै तिरबाट हमला हुन्थ्यो।

बैकहरुले अर्थतन्त्रको जुन क्षेत्रबाट कर्जाको माग आउँछ, त्यही क्षेत्रका कर्जा ग्राहकहरुको कर्जा तिर्ने क्षमता मूल्यांकन गरेर केन्द्रीय बैकको निर्देशन र देशको अन्य प्रचलित कानूनको परिधिमा वसेर कर्जा दिने हुन्। संसार भरिका बैकहरुले गर्ने यही हो। हाम्रो समस्या के हो भने कर्जाको माग अनुसार बैकहरुले कर्जा दिना साथ आयात बढ़्ने, व्यापार घाटा बढ्ने, भुक्तानी सन्तुलन घाटामा जाने, विदेशी मुद्राको संचिति घट्ने, बैकको कर्जा योग्य तरलता अभाव हुने र परिणामत व्याजदर आकाशिने गर्छ। जव सम्म हामीले हाम्रा उत्पादनबाट आयातलाई प्रतिस्थापन गर्दैनौ र निर्यात बढाउदैनौं माथि चित्रण गरेको चक्र दोहरिइरहनेछ। उपभोग्य सामानहरुको आयात प्रधान अर्थतन्त्र भयका कारणले कर्जा वृध्दिले जति आर्थिक वृद्धि हुन पर्ने थियो त्यति नहुने, रोजगारी सृजना नहुने गरेको छ। उपयुक्त कार्य नीति लिएर विभिन्न कारणले वर्षों देखि विकसित भएको संरचनात्मक समस्या समाधान नगरी बैकहरुलाई मात्र अनुत्पादक क्षेत्रमा कर्जा लगानी गरे भनेर सत्तोसराप गरेर केही पनि हाशिल हुनेछैन।

फेरी आईसिआईसिआई बैककै कुरा- बैकको आव २०२१/२२ मा कुल पूँजीमा प्रतिफलः (Return on Equity, ROE) १४.८% भएकोमा आव २०२२/२३ मा प्रतिफल वृध्दि भएर १७.३% पुगेको छ। शेयरको अंकित मूल्य भारु २ भयको बैकले लाभांश भारु ८ प्रति शेयर अर्थात ४००% को लाभांस दिने घोषणा गरेको छ।

कुल पूंजीमा प्रतिफल १०.८% को हाराहारीमा भयका नेपालका बैकहरुले १७% को हाराहारीमा पूंजीको प्रतिफल कमायको भय र ४००% को लाभांश घोषणा गरेको भए बैकहरुले लुटे, चुसे, ठगे भनेर विभिन् शक्ति केन्द्रमा गएर रोई कराई गर्दै सडक आन्दोलन समेत गरिन्थ्यो होला। हामी कहिले परिपक्व हुन्छौं खै?

साभार:फेसबुक

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House