एमालेले सरकार छोड्ने निर्णयसँगै नेपाली धितोपत्रको दोस्रो बजार प्रभावित भएको छ। यस दिन बिहान बसेको सचिवालयको बैठकले नेकपा एमालेले सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
केन्द्रिय बैंकको लघुवित्तलाई कडाई गर्ने निर्देशनले ओरालो लागेको नेप्सेलाई यस समाचारले झन् प्रभाव पारेको छ। यससँगै नेप्से तिव्र गतिमा ओरालो लाग्न थालेको छ।
यस समाचार तयार पार्दासम्ममा नेप्से परिसूचक करिब ३५ अंक घटेको छ। सो अवधिसम्ममा २२६ स्टकको मूल्य घटेको छ भने १८ स्टकको मात्र मूल्य बढेको छ।