जागिर भन्दा ब्यावशायकाे छहरी मा भुल्ने मन कति?
राजनितिक,सामाजिक ,पारिवारिक संस्कार ब्यावशायमा भन्दा जागिरमा कति,देशले पढाएकाे पाठ ब्यावशाय भन्दा जागिर तर अन्य छिमेकि मुलुकले देखाएकाे संस्कार जागिर भन्दा ब्यावशाय ठिक,
भनिन्छ मेराे घर समाजमा आशिर्वाद मै सरकारी जागिर नै खानु बाबू नानि भन्दै दिएकाे आशिर्वाद ले नै सरकारी जागिरकाे महत्वकाङ्क्षा बढेकाे पनि छ,
जहाँ हेराै छिमेकि मुलुक भारत चिनमा जागिर हैन चियाँ,पसल खाेलेपनि ,शैलुन,तरकारी पसल भएपनि ब्यावशाय ठिक भनिन्छ ।
नेपाल एऊटा बिकाशाेन्मुख देश हाे ,हालकाे अवस्था लाई बुझ्दा बुझाऊदा हरेक युवा पिडिहरु आत्तिएकाे देखिन्छ, देशमा महङ्गगि भ्रष्टाचार , युक्रेन युद्व बाट बढेकाे केहि हद महङ्गगि ,राजनितिक अस्थिरता ,जस्ता नितिहरुले नै बिदेश पलाएनकाे एऊटा बाध्यतालाई जन्म दिएकाे छ ,
जहाँ ब्याशाय गर्ने त कुरै छाेड्याै अरुकाे देखेरपनि मान्छेहरु त्रसित छन्।सरकारले युवापिडिहरुलाई बिकाश र नितिकाे भराेषा दिलाऊन नसक्दा देखिएकाे याे एऊटा वास्तविक देखिने ऐना हाे।जहाँ काेराेनाकाे एऊटा चुनाैति पुर्ण अवस्था लाई पार गरिसकेपछि झन देशमा तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएकाे आर्थिक मन्दिले झन समस्या निम्ताएकाे छ,युवापिडिहरु याे सबै समस्या झेल्नु भन्दा बरु बिदेश नै जान रुचाएकाे भनाैकि बाध्यता रहेकाे भनाै।।+