अर्थतन्त्रको समस्या र समाधानका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने भएका छन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी आफूसँगै राखेका प्रधानमन्त्री दाहालले आइतबार निजी क्षेत्रसहित सरोकारवालासँग छलफल गर्ने भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका अन्य दर्जन बढी संघ संस्थाका प्रमुखहरु प्रधानमन्त्री दाहालसँगको छलफलमा सहभागी हुँदैछन् । नेपाल बैंकर्स संघ, घरेलु तथा साना उद्योग महासंघ लगायतका संघहरुका अध्यक्षहरु पनि सहभागी हुने बताइएको छ । छलफल अपरान्ह १ बजेको समयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुनेछ ।
अर्थतन्त्रमा देखिएकाे जटिल समस्याकाे बारेमा बुझ्न प्रधानमन्त्रीले छलफल गर्दै ।।
