CCAR काे कारण PRVU, KBL र NICA ले २०८०–८१ मा लाभांस बाँड्न नपाउने अवस्था

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2079-80 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नयाँ नियामकीय व्यवस्था अनुसार भने आव 2080-81 काे अन्त्यसम्म थप 0.5% काउन्टर साईक्लिकल बफर कायम गर्नपर्नेछ । यस अनुसार CCAR 9% (Tier 1) र CAR 11.5% (Tier 2) कायम गर्नुपर्नेछ । हुनतः आगामी असार मसान्तसम्ममा पुजीकाेषकाे अवस्थामा धेरै परिवर्तन आउन सक्छ तैपनि तालिकामा राताे रंग लागेका बैकले पुजीकाेषमा विशेष चनाखाे हुनुपर्नेछ । बैंकहरूले आगामी दिनमा व्यवसायिक विस्तारभन्दा कर्जाकाे गुणस्तर र असुलीमा केन्द्रित हुँदै संयमित पनि हुनुपर्ने छ ।
लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ हालै नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित बैंकहरूकाे दाेस्राे त्रैमासिक मुख्य वित्तीय सूचककाे अाधारमा एनअाइसी एसिया, कुमारी र प्रभु बैंकले अाव २०८०–८१ मा मुनाफा भएता पनि लाभांस वितरण गर्न नपाउने देखिन्छ । यसकाे साथै पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House