धितोपत्र बोर्डको १९ चैत आइतबार बसेको सञ्चालक समितिको बैठकले ऊर्जा व्यवसायी नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई रू ७५ हजार नगद जरिवाना सहित १० वर्षसमम कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी कारवाही गरेको छ।
प्रधानले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको पुष्टि भएको पाइएको छ ।