#म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार ः-मेरो आमा कमला न्यौपानेलाई मेरो बुबा ,ठुलोबुबा लगायत सबै परिवार मिलेर माघ 22 गते राति 10 बजे काे समय मा कुटपिट गरी करिब 15 घण्टा कोठा मा गाउँका कोई कसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलि पल्ट करिब 12 बजे तिर दाईलाई फोन गरि ममिलाई प्रेसरले हानेर वाथरूममा लडी भनेर बुबा ले भन्नु भएको ठूलो बुबाले केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ फुपुले सेउला लिन जादा भारिसंग खरबारीबाट लडेकि हो भन्ने हजुरआमाले थाहा छैन भन्ने ठूलिआमा र भाऊजूलाई सोधेको केहि भाको छैन भर्खरै गएर आएको भन्नु भएको रहेछ म पनि घटना घटेको दिन सानोआमा सावित्राको घरमा वसेको थिए र भेलिपल्ट कलेज सकेर घरमा जादा वाटो मै फुपुदिदी आई आमालाई प्रेसरले हानेर हस्पिटल लगेका छन् पिर नगर भन्नु भो घरमा पुगि हेर्दा चुरापोतेका टुक्रा र रगतको भेल देखे अनि अतालिदै ठूलोवुवाको घर पुगे र सोधे ममिलाई के भएको होर कसैले केहि वोल्न चाहानु भएन प्रेसरले हानेर हस्पिटल लगेको मात्रै भन्नु भो अनि मैले रगत पनि छ त भनेको छैन कहा हुनु भन्नु भो ठुलोवुवाले अनि मैले रगत छ भनेपछि ल हिड देखा भन्नु भो र म संगै घरमा आई मलाई पोछा भिजाऊन लगाई आफैले रगत पोचा लगाएर पुछ्नु भो रगत वान्ता लागेका कपडा धुन लगाऊनु भो सोहि दिन राती खाना खाएर वसेका दिदी र मलाई हस्पिटलवाट फर्केर आएका ठूलो वुवाले पिट्ने प्रयास गर्नु भो र घरवाट लखेट्नु भो र गाऊलेको सहयोगमा वाच्न सफल भयौं ठूलोआमा र भाऊजूले त हस्पिटल लगेको पनि थाहा छैन सम्म भन्नु भो सवै घरपरिवार सोध्दा कसैले साचो कुरा गर्नु भएन ।मैले भेट्दा आमा कमला न्यौपाने अचेत र आखा वन्द भएको अनुहार समेत नचिनिने अवस्थामा मात्रै भेटे ।उपचार गर्न भीरकोट नगर हस्पिटल हेलु अनि पोखरा गण्डकि मेडिकल कलेज हुँदै काठमाडौं नर्भिक अस्पतालमा उपचारका क्रममा ४५ दिनमा कहिल्यौ आखा नखोल्ने गरि ४४ वर्ष को ऊमेरमा आखा वन्द गर्नु भयो शुरूमा त आमा कमला लाई ठिक हुन्छ अनि सवै कुरा भन्नुहुन्छ भन्ने लाग्यो र न्यायको निम्ति भन्दा ऊपचारकै निम्ति लागियो तर आमाका आखा खुलेनन सोहि दिन करिव सांझ ८ः२७ वजे तिर दाईले वुवालाई फोन गरि के गर्दै हुनुहुन्छ भन्दा वुवाले म वाहिर छु ममिले भित्र खाना वनाऊदै छ एकछिनमा खाना खाने हो दिनभर दाऊरा वोकियो अनि पोखराका साथीले फोन गरिरहेछन् घुम्न आईज भनका छन् के गर्ने सुट वनाऊनु छ भन्नु भएको रहेछ दाईले हुन्छ वनाऊला र जानुहोला समेत भनेर फोन राख्नु भएको रहेछ तर त्यहि १ः३० घण्टाको विचमा के त्यस्तो भयो र आमा कमला लाई यस्तो घटना गराऊने अवस्था पुग्यो र ज्यान गुम्यो अनि हामी टुहुरा भयौं र घरवार विहिन अवस्था वसिरहेछौं त्यो विषय प्रहरीले अनुसन्धान गर्नै चाहदैन प्रश्न यहि खडा भएको छ यस्तो अवस्थामा पनि प्रहरीले किटानी जाहेरी दिएकालाई अनुसन्धान गर्न कुनै आवश्यकता देख्दैन राजनैतिक आडमा ऊल्टो भगाईरहेछ ।ठूलो वुवा केशवराज न्यौपाने एमालेका सोहि टोल कमिटी अध्यक्ष हो केहि एमालेका मान्छेहरू ऊहालाई वचाऊन लागि परिरहेको सुनिरहेछौ। केहिले त छुटाए ऊपचार खर्च भराऊने समेत भनेको सुनियो ।ऊहालाई आमा ले संसार छोडेको ७औ दिनका दिन हामीलाई भेट्न जम्मा भएका महिला समुहले समातेर प्रहरीलाई वुझाएका थिए तर प्रहरी ले आज ३२औ दिन सम्म पनि देखिरहेको छैन । अर्को एक व्याक्ति को वारेमा पनि किटानी जाहेरि छ र अन्य संकास्पत व्याक्तिको पनि अनुसन्धान होस् भनेका छौ तर प्रहरी त्यता तिर जानै चाहदैन मोलमोलाई भएर पो होकि वुझ्न सकिएन । यस्तो अवस्थामा मैले र मेरो आमाले न्याय पाऊछौ भन्ने के को आशा भयो र वुवा र ठूलो वुवा अनि आफ्नै परिवारले त आमा मारेर टुहुरो वनाए अव राज्य र सरकारले पनि ऊनैको पक्ष लिएर थप टुहुरो वनाएको महसुस भएको छ ।अव म मेरो आमा कमला न्यौपानेको न्याय खोज्न कहां जाऔं सरकार ??
Routineofwalingbandha
Routineofnepalbabdha