बुल खेलमा हाम्रो उत्तम रणनीति के हुनसक्छ :सुवास चन्द्र ढुङ्गाना

 

👉बुल कसरी सुरु हुन्छ र बुलको बिशेषताहरु के हुन्छन त्यो अध्ययन बुल अगाडी नै गर्नुस !

👉साढे बुर्लुक्क उफ्रिनु अगाडी २ वटा झोला लियर खेल मैदानमा छिर्नुस !

👉२ झोला मध्य एउटा भरिएको हुन्छ भने अर्को चाहिँ पहिलो भन्दा धेरै ठुलो तर रित्तो हुनेछ !

👉आँखा झिमिक्क नपारी पुरै खेल एकदम नजिक बाट नियाल्नुस !

👉फुर्तिला साँढे माथि बाजी लगाउदै भरिएको झोला बिस्तारै खालि पार्दै जानुस !

👉अब तपाईसंग दुवै झोला रित्तो हुनेछन !

👉खेल सुरु हुदा बिच बिचमा धेरै खैलाबैला हुन्छ त्यसको वास्ता नगर्नुस !

👉केवल आफुले बाजी थापेको साढेको शक्ति माथि ध्यान दिनुस !

👉फुर्तिलो र बलियो साँढेमा मात्र बाजी थाप्दै जानुस ! सुतेको निदाएको साँढे उठ्ला नि भनेर कुरेर नबस्नुस !

👉उफ्रिदा उफ्रिदै कुनै साँढे ढल्यो भने त्यसलाई माया गरेर ढुकेर नबस्नुस !

👉सबै साढेहरु थाक्नु अगाडी नै आफ्नो सबै हिसाब किताब गर्न तिर लाग्नुस्!

👉पहिले भरिएको झोला फेरी भर्न पहिलो प्राथमिकता दिनुस !

👉जब पहिलो झोला भरिन्छ दोश्रो झोला भर्न तिर लाग्नुस् ! पहिलो झोलामा भोटे ताल्चा लगाईदिनुस !

👉दोस्रो झोला जसरि पनि भरिनै पर्छ भन्ने अडानमा नबस्नुस !

👉दोश्रो झोलामा थप्ने भन्दा घट्ने क्रम बढ्न थाल्यो भने चाडै खेलमैदान छोडेर बाहिर निस्क्नुस !

👉निस्कने बितिकै केहि समय खेलमैदान बाहिर तिर टहल्नुस !

👉आफ्नो पकेट मात्र भरेर दुइटा झोलालाई सुरक्षित ठाउमा ब्यबस्थित गर्दिनुस !

👉खेलको Extra Time मा खेल झनै रोमान्चक हुन्छ ! त्यसको आनन्द लिन फेरी खेलमैदान छिर्नुस !

👉यो बेला जित हार भन्दा पनि खेलको आनन्द लिनुस !

 

र सबैभन्दा महत्वपूर्ण बारम्बार यो २ कुरा मनमनै दोर्याउनुस :

यो बुल लामो समयको प्रतिक्ष्या पछि केवल मेरो लागि आएको हो र मलाई अब हार्ने कुनै छुट छैन !

दोस्रो झोलामा पनि केहि न केहि लिएर मात्र निस्कन्छु भन्ने प्रण गर्नुस !

धन्यबाद 💚

 

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House