### शेयर बजारमा स्मार्ट मनीको चाल:सरोज महर्जन

नेपालको शेयर बजारमा अनुभव गर्ने धेरै जसो खुद्रा लगानीकर्ताहरूले बजारमा हुने सानो चाललाई पनि ठूलो महसुस गर्छन्। तसर्थ, थोरै नाफा देखेपछि हतारमा बिक्री गरेर बाहिरिन्छन्। केही खुद्रा लगानीकर्ताहरू बजारमा थोरै करेक्सन देख्दा नै आत्तिएर बजार फेरी बियरिस तर्फ गयो भनेर डराउँछन्।

तर, खुद्रा लगानीकर्ताहरूको नाफा-घाटाको हिसाबकिताबभन्दा बढी स्मार्ट मनीले नै बजारलाई राम्रोसँग हेरिरहेको हुन्छ। बजार चरम बियरिस अवस्थामा हुँदा स्मार्ट मनीले झनै बजारलाई अत्याउँछ, जसरी बाहिरको माहोल तातो हुँदा बजारलाई अझै ताताउँछ र सोचेकोभन्दा माथि नै पुर्याउँछ।

यस्तो अवस्थामा खुद्रा लगानीकर्ताहरूले बजार धेरै माथि जाने बिश्वास गरेर फेरि महँगोमा खरिद गर्छन्, तब स्मार्ट मनीले प्रॉफिट बुकिङ सुरु गर्छ। करेक्सन देख्दा खुद्रा लगानीकर्ताहरू आत्तिन्छन् र तिनले राखेका सपोर्ट लाइन्सहरू भत्किँदै जान्छन्। स्टप लस गराएर बजारबाट शेकआउट गर्दै स्मार्ट मनीको फेरी इन्ट्री हुन्छ।

तपाईंको शेखआउटपछि बजारले रेसिस्टेन्स लाइन्स भत्काएर ब्रेकआउट दिन्छ। खुद्रा लगानीकर्ताहरू पुलब्याकमा किन्ने योजना बनाउँछन् तर स्मार्ट मनीले बजारलाई त्यहाँसम्म खस्न दिँदैन र खुद्रा लगानीकर्ताहरू लकआउटमा पर्छन्।

स्मार्ट मनीले माथिल्लो लेभलको ब्रेकआउटपछि मात्र पुलब्याक दिन्छ। सपोर्ट लाइनबाट नै बजार फर्काइदिन्छ र राम्रो भोल्युम पनि देखाइदिन्छ। यसले गर्दा खुद्रा लगानीकर्ताहरू फेरि बजारमा प्रवेश गर्छन् भने स्मार्ट मनी त्यहि मौकामा बजारबाट बाहिर निस्किन्छ।

यसरी बजारमा ठूला लगानीकर्ताहरूले खुद्रा लगानीकर्ताहरूलाई कित्ता खोस्ने वा टोपी लगाइदिने परिपाटी चलिरहेको हुन्छ। यो सबै लोभ र डरको कारणले पैदा हुने मनभित्रको इमोसन्सको द्वन्द्व मात्र हो। आजसम्म संसारका सबै बजारहरू यसैगरी चलिरहेका छन् र भोलि पनि यसैगरी चल्नेछन्।

त्यसैले, मुटु हुनेले होइन, दिमाग र पैसा हुनेले ट्रेड गर्छ!

### निष्कर्ष
बजारले जहाँसुकैबाट करेक्सन लिए पनि पुन: उठ्नेछ। हिड्न थालेको बजारको दौड बाँकी नै छ!

जय गणेश

जय गणेश

🙏💚💚🙏🙏

Share this post to

HEADLINES

Admission Open
Analysis with Suman
Color House
Color House